यङ्ग गर्ल्स क्लबद्वारा वसन्त महोत्सवको आयोजना

खोरीबारी : खोरीबारी खण्डको यङ्ग गर्ल्स क्लबको तर्फबाट वसन्त उत्सवको आयोजना गरियो। वसन्त उत्सवलाई केन्द्र गरेर पदयात्रालगायत रङ्गारङ्ग कार्यक्रमहरूको पनि आयोजना गरियो। अतिथिहरूको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर उक्त कार्यक्रमको उद्घाटन गर्नको साथै एका-अर्कालाई अबीर लगाइ दिएर होलीको अग्रिम शुभकामना पनि दिए। यस अवसरमा अरुणा दास, खोरीबारी पञ्चायत समितिका विपक्षी दलका नेता किशोरी मोहन सिंह, मीनु राय, पपी साहा, यङ्ग गर्ल्स क्लबका सचिव तान्या दास, कार्यकारी अध्यक्ष जान्वी सरकार, प्रियङ्का बर्मन, सुष्मिता आचार्य, हर्षिता बर्मन, महुया गिरी लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *