यङ्ग इन्डियन्सको तर्फबाट महानन्दा नदीको साफ-सफाई

सिलगढी: यङ्ग इन्डियन्सको तर्फबाट महानन्दा नदीको साफ-सफाई गर्नको साथै मौसम परिवर्तन सम्बन्धी आजदेखि काम शुरू गरेको छ। यङ्ग इन्डियन्सका सदस्यहरू साथै गैर सरकारी कलेजका विद्यार्थीहरूले आज सिलगढी महानन्द नदीको किनारमा सर सफाई गरे। यस अवधि यङ्ग इन्डियन्सका सदस्यहरूले बताए अनुसार यस महानन्दा नदीलाई अबदेखि तिनीहरूले मां महानन्दाको नाम दिएको छ। सिलगढीको यो जीवन दायनी नदी हो भने हाल यो नदी नालामा परिवर्तन भएको छ। यसैले नदीलाई बचाउन साथै यसको साफ-सफाई गरिनु धेरै जरूरी छ। यसवाहेक, यङ्ग इन्डियन्सको तर्फबाट चाँडै मौसम परिवर्तनको विषयलाई लिएर महानन्दा नदीको किनारमा रूखका पौधाहरू लगाइने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *