यौन कर्मीहरूलाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री वितरण

सिलगढी : डिस्ट्रिक सोसल वेलफेयर एवम् वेस्ट बेङ्गल हेल्थ अर्गनाइजेसनको पहलमा आज सिलगढीको गेट बजार युवा भारती प्राङ्गणमा लगभग 3 सयजना यौन कर्मीहरूलाई नयाँ लुगाफाटा एवम् खाद्य सामग्री वितरण गरियो। बेङ्गल हेल्थ अर्गनाइजेसनका सुचन्द्र मित्रले बताएअनुसार कोरोना महामारीको समय अन्य मानिसहरू झैँ यिनीहरू पनि आर्थिक समस्याले जुझिरहेकोले गर्दा नै आज संस्थाको तर्फबाट उक्त पहल गरिएको हो। दुर्गा पुजाको समयमा पनि यिनीहरूले विभिन्न आर्थिक समस्याहरू झेल्न परिरहेको कुरालाई ध्यानमा राखेर नै ठिक पुजा अघि यिनीहरूलाई चाहिने नयाँ लुगाफाटा तथा खाद्य सामग्रीहरू वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *