युथ क्लबमा टीकाकरण शिविर

सिलगढी (निसं) : सिलगढी नगर निगम अनि गेट बजार वेलफेयर व्यवसायी समितिको सहयोगमा आज युथ क्लबमा टीकाकरण शिविरको आयोजना गरियो। शिविरमा बुस्टर डोज सहित कोरोनाको पहिलो अनि दोस्रो खोप पनि मानिसहरूलाई लगाइयो। आज लगभग 500 जना मानिसहरूले शिविरमा टीका लगाए। शिविरमा गेट बजार वेलफेयर व्यवसायी समितिका अध्यक्ष काजल दास, सचिव तुषार शर्मा, सह-सचिव टिंकु महाजन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *