युवतीहरूलाई आत्मरक्षाको लागि सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा ‘बाघिनी’ प्रशिक्षण शुरू

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले युवतीहरूलाई अझ शक्तिशाली तथा आत्मनिर्भर बनाउने प्रशिक्षण अभियान शुरू गरेको छ। पुलिस कमिश्नरेट मैदानमा उक्त नयाँ अभियान शुरू गरिएको छ, जसको  नाम बाघिनीरहेको छ। उक्त प्रशिक्षण अभियानमा 18 देखि 45 वर्षसम्मका महिलाहरूलाई आत्मरक्षा तथा कानूनी प्रशिक्षण दिइने भएको छ। यसको शुरूवाती चरणमा हाल 100 जना युवतीलाई प्रशिक्षण दिइरहेको छ। यो प्रशिक्षण चार दिनसम्म चल्नेछ। सिलगढी पुलिस कमिश्नरेटको यस अभियानमा सामेल युवतीहरूलाई एयरफोर्सका पायलट साथै डिस्टिक म्याजिस्ट्रेटको तर्फबाट आत्मरक्षा (सेल्फ डिफेन्स)-को प्रशिक्षण साथै ट्रेनिङ तथा योगा मेडिटेशन, कानूनी धाराहरूको विशेष प्रशिक्षण दिएर बाघिनी बनाइने छ। यस विषयमा कमिश्नर गौरव शर्माले बताए अनुसार महिला तथा युवतीहरूलाई मजबुत पार्नको लागि नयाँ प्रोजेक्ट बाघिनीको शुरुआत गरिएको हो। यसमा हाल 100 जना युवतीहरूले प्रशिक्षण लिइरहेका छन्। यस नयाँ प्रोजेक्टमा युवतीहरूलाई हरेक परिस्थितिसित जुझ्नको लागि तयार गरिने छ। यस प्रशिक्षण शिविरमा मानसिक, शारीरिक रूपमा मजबुत साथै कानुन सम्बन्धी जानकारी दिइने तिनले बताए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *