युवकको झुन्डिएको अवस्थामा शव उद्धार, इलाकामा शोकको लहर

फूलबारी, 30 अगस्तः घर छेउकै आँगनमा रहेको एउटा रूखमा एकजना 18 वर्षीय युवकको झुन्डिएको अवस्थामा शव देखेपछि इलाकामा सनसनी फैलिएको छ। शुक्रवार बिहान यो घटना फूलबारी 2 नम्बर ग्राम पञ्चायतको पुटिमारी इलाकामा घटेको हो। मृतक युवकको नाम तपू राय (18) हो। परिवार सूत्र अनुसार, तपू सदा झै बिहिबार रातिको खाना खाएपछि आफ्नो कोठामा सुत्न गएका थिए। तर आज बिहान तिनको आमाले घर छेवैको आँगनमा रहेको एउटा रूखमा युवकको शव झुन्डिरहेको अवस्थामा देखे। के कारणले गर्दा तपूले आत्महत्या गरे भन्ने विषयलाई लिएर परिवारका सदस्यहरूलाई पनि थाहा नभएको बताइएको छ।
अर्कोतिर, घटनाको सूचना पाएपछि एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गऱ्यो। यसपछि शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठाइदिएको छ। युवकको यस प्रकारले झुन्डिएको अवस्थामा शव देखेपछि गाउँलेहरूमा शोकको लहर छाएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişpusulabet girişpusulabet girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes