युवा भारती स्वयम्‌सेवी संस्थाद्वारा निःशुल्क टीकाकरण शिविरको आयोजना

सिलगढी : सिलगढीको गेट बजार युवा भारती स्वयम्‌सेवी संस्थाको पहलमा आज निःशुल्क टीकाकरण शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले विधिवत् रूपमा उक्त शिविरको उद्घाटन गरे। यस अवसरमा डा. सन्दीप सेनगुप्ताले युवा भारती संस्थाको उक्त पहलको सरहाना गर्दै कोरोना विरुद्ध लडाइँ लड्नको लागि भ्याक्सिन लगाउन अतिनै आवश्यक रहेको बताउँदै कोरोना महामारीको तेस्रो लहरलाई रोकथाम गर्नको लागि सबैले अनिवार्य रूपमा कोरोनाको खोप लगाउने अपील पनि गरे। उक्त शिविरमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्ता, डा. कल्याण खाँ, सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार लगायत संस्थाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *