युवा कङ्ग्रेसद्वारा सिलगढी खालपाड़ा आउटपोस्टमा ज्ञापन

सिलगढी : कोरोना महामारीको समयमा सिलगढी नगरनिगमको खालपाडा आउटपोस्ट क्षेत्रको केही वार्डहरूमा चोरीको घटनाहरू घटिरहेको छ। बढ्दो चोरीको घटनालाई रोक्ने माग गर्दै सिलगढी विधानसभा युवा कङ्ग्रेसको तर्फबाट आज खालपाड़ा आउटपोस्टमा एउटा ज्ञापन पत्र चढायो। सिलगढी विधानसभा युवा कङ्ग्रेसका अध्यक्ष सायन घोषको नेतृत्वमा पाँच सदस्य प्रतिनिधि मण्डलले उक्त ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *