युवाहरूलाई पुलिसको ट्रेनिङ दिने नकली पुलिसका 3 जना सदस्यलाई उभ्याइयो अदालतमा

सिलगढी : पुलिसमा नोकरी लगाइदिने प्रलोभन देखाएर नकली पुलिसको ट्रेनिङ दिएको आरोपमा प्रधाननगर थाना पुलिसले 3 जनालाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू बालुरघाट निवासी लक्ष्मण चौधरी, विशु दास र चन्द्रा दास सामेल छन्। पुलिसले तिनीहरूबाट पुलिसको वर्दी पनि उद्धार गरेको छ। यस विषयमा डीसीपी कुंवर भूषण सिंहले पत्रकार सम्मलेन गरेर भने, नकली पुलिस बनेर पुलिसको ट्रेनिङ दिएको आरोपमा 3 जनालाई पक्राउ गरेको छ जसमा एउटी महिला सामेल छन्। घटनाक्रमअनुसार पक्रा पर्ने 3 जनाले बालुरघाटबाट 22 जना युवाहरूलाई सिलगढी नगरनिगमको 2 नम्बर वार्डस्थित मुक्ता मञ्चमा पुलिसको ट्रेनिङ गराउन ल्याएका थिए। त्यहीँ समय एउटा ब्यागमा पुलिसको वर्दी देख्दा एकजना पुलिस अधिकारीलाई सन्देह लागेपछि प्रधान नगर थानालाई यसबारे जानकारी गराए। घटनाको खबर पाएर व्यापक पुलिस बल घटनास्थलमा पुगेर सबैलाई हिरासतमा लिएर थानामा लगेपछि पुलिसले तिनीहरूसित सोधखोज गर्दा सबैलाई पुलिसमा नोकरी लगाइ दिनको लागि ट्रेनिङको लागि सिलगढी ल्याएको कुरा थाहा पाए। यसपछि पुलिसले लक्षमण चौधरी, विशु दास र चन्द्रा दासविरुद्ध मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, यसभन्दा अघि पनि दुईपल्ट नकली पुलिसको ट्रेनिङको लागि धेरैजना युवाहरूलाई दुधे मिरिक र दार्जिलिङ लगिएको थियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *