युवकविरुद्ध नाबालिकालाई जबर्जस्ती बिहे गरेको आरोप

राजगञ्ज : राजगञ्जमा एउटी नाबालिकालाई फकाई-फुस्ल्याइ गरेर जबरजस्ती बिहे गरेको एकजना युवकविरुद्ध अभियोग उठेको छ। नाबालिकाको परिवारका सदस्यहरूले यसबारे थानामा अभियोग दर्ता गराए तापनि पुलिसले हालसम्म कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। प्राप्त जानकारीअनुसार गत 19 अक्टोबरको दिन राजगञ्जको पयाचड़ी इलाका निवासी उक्त नाबालिका छिमेकीको घरमा गएकी थिइन्। उक्त छिमेकीको सहयोगमा तालमा हाट इलाका निवासी एकजना युवकले नाबालिकालाई फकाई-फुस्याालइ गरेर स्थानीय काली मन्दिरमा जबर्जस्ती बिहे गरेको परिवारका सदस्यहरूको आरोप रहेको छ। प्रशासनको विभिन्न विभागहरूमा यसबारे अभियोग दर्ता गरे तापनि कुनै पहल नगरेकोले परिवारका सदस्यहरू निराश बनेका छन्। परिवारका सदस्यहरूले डाक विभागको माध्यमद्वारा यस घटनाबारे मुख्यमन्त्री ममता ब्यानर्जीलाई जानकारी गराएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *