युवकको झुण्डिएको अवस्थामा शव उद्धार

धुपगुड़ी : धुपगुड़ी नगर पालिकाको वार्ड नम्बर 14 अन्तर्गत नेताजीपाडा शोरताल इलाकामा 26 वर्षीय माणिक रायको झुण्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारी अनुसार मृतकका परिवारका सदस्यहरूले आज बिहान झुण्डिएको अवस्थामा शव देखेपछि तत्कालै धुपगुड़ी पुलिसलाई खबर दिएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टमको लागि अस्पताल पठाइएको बताइएको छ। माणिकका गत केही दिनदेखि माणिक मानसिक रूपले अस्वस्थ्य रहेको परिवारका सदस्यहरूले बताए। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *