युवकको शव उद्धार

जलपाईगढी : जलपाईगढीको राजबाड़ी दिघीबाट एकजना युवकको शव उद्धार भएको छ। मृतक मोहन्तपाड़ा निवासी 34 वर्षीय अन्शुमन दासको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरू आज बिहान पोखरीमा नुहाउन गएको समय उक्त शव देखेपछि घटनाबारे जलपाईगढी कोतवाली पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *