युवकको शव उद्धार

राजगञ्ज : जटियाकाली संलग्न राधारबारी इलाकामा आज बिहान एकजना युवकको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मर्निङ वकमा गएका मानिसहरूले आज बिहान सडक नजिक रहेको जलाशयमा युवकको मृतदेह तैरिरहेको देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *