युवकलाई बन्धक बनाएको आरोपमा पाँचजना पक्राउ

कुचबिहार : कामको प्रलोभन देखाएर एकजना युवकलाई बन्धक बनाएर राखेको आरोपमा पुन्डीबाड़ी पुलिसले पाँचजना मानिसहरूलाई पक्राउ गरेको छ। पुन्डीबाड़ी थानाले दिएको जानकारीअनुसार एउटा निजी संस्थामा काम दिइने प्रलोभन देखाएर एकजना युवकलाई बन्धक बनाएको पुलिसले खबर पाएपछि यहाँको टाकागछ इलाकामा अभियान चलाएर पाँचजना व्यक्तिलाई पक्राउ गरेको हो। आज यी पाँचजना आरोपीलाई कुचबिहार अदालतमा पेश गरेपछि न्यायाधीशले सबै आरोपीलाई पाँच दिनको पुलिस हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *