युवक संघद्वारा सुकेपोखरीमा स्वाधीनता दिवस पालन

सुकेपोखरी : सुकेपोखरी युवक संघले प्रत्येक वर्ष स्वतन्त्रता दिवस भव्य रूपले पालन गर्दै आइरहे तापनि यसपल्ट कोभिड 19-को बढ्दो संक्रमणको कारण 74औँ स्वाधीनता दिवस सामान्य रूपमा पालन गर्यो। यहाँको प्राथमिक पाठशालाको प्राङ्गणमा संघका सभापति बीबी मुखियाले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रपिता महात्मा गाँधीको तस्विरमा खदा लगाइ दिएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा विद्यार्थी, शिक्षक, शिक्षिका अनि युवक संघका प्रतिनिधिहरूले राष्ट्रिय गीत गाएर स्वतन्त्र दिवस पालन गऱ्यो।


यसैगरी, भूतपूर्व सैनिक, अर्धसैनिक कल्याण समिति नागरी फार्मले  स्वतन्त्रता दिवसको अवसरमा लेन्स नायक शहीद हिराबहादुर थापा (जीआर) तथा  इएफआर जवान शहीद मीकमार तामाङको शहीद वेदीमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *