युवा मोर्चा डुवर्स समन्वय समिति गठन

बाग्राकोट : गोर्खा जनमुक्ति युवा मोर्चा (विमल गुरुङ पन्थी) केन्द्रीय समितिका प्रतिनिधिहरूको उपस्थितिमा पूर्व डुवर्स अन्तर्गत पर्ने बाग्राकोटमा एउटा सभा सम्पन्न गरियो। उक्त सभामा डुवर्सको पूर्व, मध्य अनि पश्चिमका युवा प्रतिनिधिको उपस्थिति रहेको थियो भने ती प्रतिनिधिहरूलाई लिएर युवा मोर्चा समन्वय समिति गठन गरियो। उक्त समन्वय समितिमा पूर्व, मध्य र पश्चिम डुवर्स क्षेत्रबाट एक-एकजना प्रतिनिधि छनौट गरिएको युवा मोर्चा केन्द्रीय समिति प्रवक्ता डा. कुमार नेपालले जारी विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। उक्त नवगठित समन्वय समितिले गोर्खाहरूको प्रस्तावित अलग राज्यको मागलाई अझ जोडतोडले उठाएर लैजानेबारे आजको सभामा निर्णय लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *