युवा मोर्चाको साङ्केतिक भोक हडताल दोस्रो दिन जारी

दार्जिलिङ: पुरानै ढाँचाको जीटीएको चुनाउ हुनु हुँदैन भन्दै गोजमुमो अध्यक्ष बिमल गुरूङको निर्देशमा हिजो सोमवारदेखि युवा मोर्चाले शुरु गरेको साङ्केतिक भोक हडताल आज दोस्रो दिन पनि जारी रहेको छ। आज साङ्केतिक भोक हडतालको दोस्रो दिन पाँच जना युवा मोर्चा सदस्यहरुले सहभागी जनाएका छन्। दार्जीलिङ नगर क्षेत्रबाट प्रवीण कालीकोटे (सत्ताईस नम्बर वार्ड पार्षद), दर्शन शेर्पा, राकेश सिंह, रवि तामाङ र अरुण मुखिया आज दार्जिलिङ सिंहमारीस्थित पार्टी कार्यालयमा भोक हडतालमा बसेका छन्। स्मरण रहोस्, तराई डुवर्सको 396 वटा मौजाहरुको अन्तर्भुक्ति लगायत 2011मा भएको जीटीए सम्झौता अनुसार हस्तान्तरित विभागहरुको हस्तान्तरण पछि मात्र जीटीएको चुनाउ गराउनु पर्ने गोजमुमो पार्टीको माग रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *