युवा मोर्चा पोख्रेबुङ चामोङ समष्टि समिति गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति युवा मोर्चा पोख्रेबुङ चामोङ समष्टिको तत्वावधानमा सम्पन्न सभामा 32 जनाको कार्यकारी समिति गठन गरियो। गोजमुमो केन्द्रिय अध्यक्ष विनय तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सभाको अध्यक्षता युवा मोर्चा समष्टि अध्यक्ष सचिन गुरूङले गरेका थिए । सभामा युवा मोर्चा केन्द्रिय अध्यक्ष अमृत योञ्जन, सचिव अरूण छेत्री, पुरण तामाङ,सञ्जय थुलुङ, मोर्चा केन्द्रिय सहसचिव ज्योति कुमार राई, महकुमा अध्यक्ष आलोक कान्तमणि थुलुङ तथा अन्य शीर्ष नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो। उक्त सभालाई युवा मोर्चा समष्टि प्रवक्ता पुकार गहतराज, मोर्चा समष्टि सभानेत्री प्रभा बस्नेत, प्रभारी नोबल बम्जन,केन्द्रिय प्रवक्ता केशवराज पोख्रेल, आलोक कान्तमणि थुलुङ आदिले सम्बोधन गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *