युवा नेता विकल राणा सहित युवाहरू हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं) : दार्जिलिङ चुङथुङ मेरीबुङ तामसाङ समष्टिको प्रभावशाली युवा नेता विकल राणा हाम्रो पार्टीमा फर्किए। तिनी हाम्रो पार्टीको एकजना सक्रिय युवा नेताको रूपमा थिए तर जीटीए सभा चुनाउको अवधि क्षेत्रिय कार्यकर्तासित मतभेद भएपछि पार्टीबाट अलग भएका थिए। आज तिनी पुनः हाम्रो पार्टीमा फर्किआएका छन। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज चुङथुङ मेरीबुङ तामसाङ समष्टिको भ्रमण गरेका थिए। यस अवधि तिनीसित पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया,उपाध्यक्ष रोवर्ड छेत्री,युवा एकाई को-अर्डिनेटर राप्गे राई आदि उपस्थित थिए।


मेरीबुङमा सम्पन्न साङ्गठनिक सभा अवधि युवा नेता विकल राणा हाम्रो पार्टीमा पुनः फर्किए। पार्टी अध्यक्ष अजय एडवाडर्सले खदा लगाइ दिएर विकल राणालाई पार्टीमा पुनः स्वागत जनाए। हाम्रो पार्टीका केन्द्रीय नेताहरू साथै युवा एकाईका नेतृत्वहरूलाई विकल राणाले भरोसा दिलाउँदै अबउसो पार्टीले जारी गरेको दिशा निर्देशलाई आत्मसात गर्दै अघि बढ्ने तिनले बताए। यस वाहेक आजको सभामा अन्य धेरैजना स्थानीय युवाहरूले पनि हाम्रो पार्टीको झन्डा समाते।


Leave a Reply

Your email address will not be published. Required fields are marked *