गान्तोक (निसं): सिक्किमका युवा पत्रकार युगेन तामाङलाई यस वर्षको राम पात्रो स्मृति पुरस्कार प्रदान गरिएको छ। यसवाहेक, दैनिक नेपाली “हिमाली बेला”-का सह-सम्पादक देव दर्जीलाई उत्कृष्ट श्रमजीवि पत्रकार पुरस्कार अनि “सिक्किम एक्सप्रेस”-का एकाउण्टेन्ट हेमा दासलाई उत्कृष्ट श्रमजीवि पुरस्कारले सम्मान जनाइयो। राम पात्रो स्मृति अवार्ड समितिद्वारा आयोजित यस कार्यक्रममा मुख्य अतिथिको रूपमा विधायक आदित्य गोले उपस्थित थिए भने मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत अनि सूचना एवं जनसम्पर्क विभागीय सचिव सुश्री नम्रता थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यी तीनैजना सम्मानित व्याक्तित्वहरूलाई मुख्य अनि विशिष्ट अतिथिको बाहुलीबाट स्मृति चिन्ह, अंग वस्त्र लगायत नगद राशि प्रदान गरियो।
