युवा साहित्य अकादमी पुरस्कार असमकी नैना अधिकारीलाई अनि बाल साहित्य पुरस्कार मधुसूदन विष्टलाई

दार्जिलिङ (निसं): वर्ष 2023 को साहित्य अकादमी युवा पुरस्कार असमकी नैना अधिकारीलाई अनि बाल साहित्य अकादमी पुरस्कार मधुसूदन विष्टलाई प्रदान गरिने घोषणा भएको छ। बाल साहित्य अकादमीका अध्यक्ष माधव कौशिकको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले साहित्य अकादमीको बाल साहित्य पुरस्कार 2023 का लागि 22 जना लेखकहरूको छनौटलाई अनुमोदन गरेको थियो। यस प्रयोजनको लागि तोकिएको नियम र कार्यविधि बमोजिम सम्बन्धित भाषामा तीन-तीन सदस्य रहेको निर्णायक मण्डलले गरेको परिणामको आधारमा चयन गरिएको बताइको छ। गत 13 जूनमा बसेको सभापछि शुक्रबार साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक साथै हाल अकादमी सदस्य प्रेम प्रधानको अध्यक्षतामा गरिएको उक्त सभामा साहित्य अकादमीको दुई पुरस्कारको घोषणा गरिएको छ।


पूर्व संयोजक साथै अकादमी सदस्य प्रधानले बताएअनुसार युवा पुरस्कारका जुरीहरूमा क्रमैले डा. गीता छेत्री, केदार गुरूङ अनि विमल राई रहेका थिए भने बाल पुरस्कारका जुरीहरूमा क्रमैले कृष्णराज घतानी, गोवर्द्धन बाँसतोला, किरणकुमार राई रहेका थिए। सभामा लिएको निर्णय अनुसार साहित्य अकादमी बाल साहित्य पुरस्कार दार्जीलिङका मधुसूदन विष्ट अनि युवा पुरस्कार असमका नैना अधिकारीलाई प्रदान गरिने घोषणा गरिएको छ। दार्जीलिङबाट बाल साहित्य पुरस्कार मधुसूदन विष्टको 2020 मा प्रकाशित बाल एंकाकी कृतिलाई प्रदान गरिने भएको छ। त्यसरी नै असमकी नैना अधिकारीलाई वर्ष 2023 को साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। उनको कविता संग्रह ‘घात प्रतिघातका उदगारहरू’ को लागि यसपालीको साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। तिनी साहित्य अकादमी युवा पुरस्कार पाउने पहिलो नारी हस्ताक्षर हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *