युवतीहरूको सुरक्षाको निम्ति पुजा अवधि ‘एन्टी रोमियो स्क्वार्ड’ गठन

सिलगढी सिलगढी मेट्रोपोलिटन पुलिसले दुईवटा  ‘एन्टी रोमियो स्क्वार्डटीम गठन गरेको छ। उक्त टीमले दुर्गा पुजा अवधि घुम्न आउने युवती तथा महिलाहरूलाई जिस्काउने तथा तिनीहरूप्रति नराम्रो नजरहरूलाई विशेष नजर राख्नेछ।  स्मरण रहोस्, पुजा भ्रमण अवधि महिला तथा युवतीहरू यस्ता युवाहरूको दुर्व्यवहारको सिकार हुने गर्दछ। यसैले उक्त कुरालाई ध्यानमा राखेर एन्टी रोमियो स्क्वार्डटीम गठन गरेको बताइएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसका वेस्ट जोन डीसीपी कुंवर भूषण सिंहले बताएअनुसार पुजा अवधि महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर महिला थानाबाट केही पुलिस कर्मीहरूलाई लिएर दुईवटा एन्टी रोमियो स्क्वार्डटीमको गठन गरेको छ। उक्त टीमले पुजा मण्डप लगायत भीड़भाड़ भएको ठाउँहरूमा विशेष नजर राख्नेछन्। यदि कुनै प्रकारको अप्रिय घटना भएको खण्डमा पुलिस द्वारा जारी हेल्प लाइन नम्बरमा फोन गरेर सहयोग माग सक्नेछन्। अर्कोतिर, सिलगढी मेट्रोपोलिटन पुलिसले दुर्गा पुजा अवधि सहरमा कठोर सुरक्षा व्यवस्था गरेको छ भने सीनिफर डगको पनि सहयोग लिइरहेको छ। पुजा अवधि साधारण मानिसहरूको उत्साह तथा उमङमा कुनै प्रकारको बाधा नहोस् भनेर सिलगढी मेट्रोपोलिटन पुलिस पूर्ण रूपमा सतर्क रहेको बताइएको छ। ट्राफिक पुलिसले यातायात व्यवस्थालाई सामान्य बनाइ राख्नको लागि बिहान 9 बजीदेखि राति 9 बजीसम्म सहरको मुख्य सड़कमा ठुल्ठुला मालवाहक ट्रकहरूलाई प्रवेश गर्न निषेध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *