युवतीहरूलाई फुटबल खेलप्रति उत्साह बढाउन फुटबलका सामग्रीहरू वितरण

राजगञ्ज : गाउँका युवतीहरूलाई फुटबल खेलप्रति उत्साह बढाउन राजगञ्जको देमदेमा फुटबल अकादमीले पहल गरेको छ। देमदेमा फुटबल मैदानमा आज एउटा कार्यक्रमबीच इलाकाको प्रशिक्षित महिला फुटबल खेलाडीहरूलाई बुट तथा आवश्यक सामग्री प्रदान गरियो। उक्त कार्यमा इलाकाका युवक मोसालेब हकले पनि सहयोग पुर्‍याएका छन्। अकादमीको तर्फबाट मोसालेब हकले बताएअनुसार इलाकाका धेरैजना युवतीहरूको फुटबल खेलप्रति निक्कै रुचि रहेकोले तिनीहरूको हौसला बढाउने उद्देश्य लिएर उक्त पहल गरिएको हो। आगामी दिनमा पनि तिनीहरूलाई यस प्रकारको सहयोग गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *