युवतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

मालदा : मालदाको मानिकचक थाना पुलिसले एउटी युवतीको हत्या गरेको आरोपमा अतिउर रहमान नामक युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत शनिबार मानिकचक थाना अन्तर्गत पर्ने कमालपुर गाउँको सुनसान ठाउँमा अज्ञात युवतीको खुनले लतपत अवस्थामा अर्धनग्न शव उद्धार गरेको थियो। जाँचमा जुटेर पुलिसले उक्त युवती बिहारको किशनगञ्ज निवासी रेशमी बेगमको रूपमा चिन्हित गरेको बताइएको छ। यसपछि पुलिसले युवतीको परिवारका सदस्यहरूसँग सोधखोज गरेपछि कमालपुरको अतिउर रहमान नामक युवकसँग रेशमी बेगमको सम्बन्ध रहेको थाहा पाएपछि पुलिसले तिनलाई पक्राउ गरे। तथापि, अतिउरले रेशमीको हत्या नगरेको बताए। आरोपी अतिउर रहमानलाई आज अदालतमा पेश गरेर पुलिस हिरासतमा पठाएको छ। प्राप्त जानकारीअनुसार गत चार वर्षदेखि रेशमीको अतिउर रहमानसँग सम्बन्ध रहेको साथै दुवैजना मुम्बईमा सँगै बस्दै आइरहेका थिए। एक वर्षअघि रेशमीले अतिउरलाई लिएर आफ्नो घर फर्किआइन्। चार महीना अघि अतिउरले रेशमीको बाबुसँग डेढ़ लाख रुपियाँ मागेको साथै रुपियाँ नपाएछि अतिउरले सम्बन्ध विच्छेद गर्ने धम्की दिएको बताइएको छ। अतिउरले नै रेशमीको हत्या गरेको भन्ने रेशमीको बाबु शेख मोशरफले आरोप लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *