युवतीको झुन्डिएको अवस्थामा शव उद्धार

मयनागढी: मयनागढी ब्लकको चूड़ाभन्डार ग्राम पञ्चायत अन्तर्गत पश्चिम सालबारी ईलाकामा एकजना युवतीको शव झुन्डिएको अवस्थामा उद्धार गरिएको छ। मृतक युवती रक्तिमा राय प्रधानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले घर नजिक एउटा सुपारीको रूखमा उक्त युवतीको शव झुन्डिएको अवस्थामा फेला पारे। यसपछि घटनाको जानकारी मयनागढी पुलिसलाई दिए। खबर पाएर पुलिसले घटनास्थलमा पुगेपछि शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि जलपाइगढी सदर अस्पतालमा पठाइदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *