युवतीलाई अर्धनग्न पारेर कुटपीट गरेको भीडियो भाइरल, 2 जना आरोपी पक्राउ

सिलगढी : मतिगढाको एउटी युवतीलाई घरभित्र पसेर कुटपीट गरेको भीडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मतिगढा पुलिसले 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरू दीपशिखा तामाङ र राजेश लिम्बूको रूपमा चिन्हित गरिएको छ। घटनाक्रम अनुसार एउटी युवतीको घरभित्र पसेर अर्धनग्न गरेर कुटपीट गरेको केही मानिसहरूविरुद्ध अभियोग उठेको छ। उक्त घटना केही दिन अघि घटेको हो। यसपछि उक्त युवतीले घटनाबारे मतिगढा थानामा एउटा अभियोग दर्ता गरिन्। आरोपीहरूले उक्त युवतीलाई अर्धनग्न पारेर कुटपीट गरेको भीडियो सामाजिक सञ्जालमा भाइरल गरिदिएको बताइएको छ। मतिगढा पुलिसले गत 12 अगस्तमा एकजना र 15 अगस्तमा अझै एकजना आरोपीलाई पक्राउ गरेको छ। अर्कोतिर उक्त भीडियो भाइरल भएपछि साइबर क्राइम पुलिसले मामिला जाँच शुरू गरेको छ। पुलिसले भीडियो बनाएको मोबाइल जफत गरेको छ। डिटेक्टिभ डिपार्टमेन्टका एसीपी राजेन छेत्रीले बताएअनुसार घटनापछि दुईजना आरोपीलाई पक्राउ गरेको छ भने उक्त घटनामा संलग्न अन्यको खोजी शुरू गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *