युवतीलाई अश्लिल शब्द प्रयोग गर्नेहरू विरूद्ध थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी नगर निगमको 5 नम्बर वार्डको रामघाट संलग्न नतून पाड़ा इलाकामा एउटी युवतीलाई अश्लील शब्दहरू प्रयोग गरेको आरोप केही युवकहरू माथि उठेको छ। युवतीको परिवारका सदस्यहरूले ती युवकहरू विरूद्ध खालपाड़ा थानामा लिखित अभियोग दर्ता गरेको छ। प्राप्त जानकारी अनुसार उक्त युवती आफ्नो भाईसँग आफ्नो बाजेलाई खाना दिन जलपाईमोड़ गएका थिए। खाना दिएर घर फर्किरहेको समय बाटोमा केही युवकहरूले युवतीलाई अश्लील शब्द प्रयोग गरेको बताइएको छ। युवतीको आमाले अश्लील टिप्पणी गर्ने मुकेश महतोको बाबुले आफ्नो छोराको भूलमा माफी मागे तापनि मुकेश महतोले उल्टा धम्की दिएको आरोप लगाएकी छन्। यसपछि यस मामिलाको अभियोग खालपाड़ा थाना पुलिसलाई गरिएको छ। पुलिसले उक्त घटनाबारे जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.