युवतीलाई लिफ्ट दिने नाममा छिनताई गर्ने तेस्रो आरोपी अलिपुरद्वारबाट पक्राउ

सिलगढी (निसं): लिफ्ट दिने नाममा युवतीबाट छिनताई गर्ने गुटका अझ एकजना सदस्यलाई अलिपुरद्वारबाट पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। आरोपी युवकको नाम टोटन चन्दा बताइएको छ। स्मरण रहोस्, गत 8 दिसम्बर 2023-को राति सिलगढी सहरमा लिफ्ट दिने नाममा एउटी युवतीसित छिनताईको घटना घटेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका भक्ति नगर थाना पुलिसले गत 2 जनवरीमा 2 जना आरोपीलाई पक्राउ गरेको थियो। पक्रा परेका आरोपीहरूसित पुलिसले केरकार गरेपछि तेस्रो आरोपी टोटन चन्दालाई अलिपुरद्वारबाट पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *