युवतीसँग दुर्व्यवहार गर्ने युवक पक्राउ

सिलगढी : एउटी युवतीसँग दुर्व्यवहार गरेको आरोपमा प्रधान नगर थाना पुलिसले टोटो चालकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सिलगढीको सालबारीस्थित नयाँ बस्ती निवासी अपु सिद्धिकीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मिरिक निवासी एउटी युवती पढाइको सिलसिलामा गत तीन वर्षदेखि सिलगढीमै बस्दै आइरहेकी छन्। तिनी आइतबार उक्त टोटोमा सवार भएर सालबारी गइरहेको समय सालबारी बजार संलग्न एउटा सुनसान ठाउँमा आरोपी टोटो चालकले उक्त युवतीसँग दुर्व्यवहार गरेको बताइएको छ। उक्त युवती चिच्चाएपछि स्थानीय मानिसहरू एकत्रित भएर आरोपी टोटो चालकलाई पक्रेर गणधुलाई गरेपछि पुलिसलाई सुम्पिदिए। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो भने पीड़ित युवतीलाई मेडिकल जाँचको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom