युवा तृणमूल कांग्रेसद्वारा परीक्षार्थीहरूलाई मास्क वितरण

सिलगढी : नम्बर 2 टाउन ब्लक युवा तृणमूल कांग्रेसद्वारा उच्च माध्यमिक परीक्षार्थीहरूलाई मास्क वितरण गरियो। कोरोना भाइरसलाई रोक्नका लागि सरकारद्वारा पहिलेबाट नै धेरैवटा कदम उठाइसकेको छ। लगभग सबै शैक्षिक संस्थानहरू बन्द गरिदिएको छ। तथापी, राज्य शिक्षा विभागको अनुसूची अनुसार उच्च माध्यमिक परीक्षा आयोजित गर्ने निर्णय लिएको छ। युवा तृणमूल कांग्रेसका जिल्ला अध्यक्ष बिकाश सरकार, नम्बर 2 ब्लक युवा तृणमूल अध्यक्ष मानस भौमिक लगायत अन्य नेताहरूले आज वाल्मीकि विद्यापीठमा परीक्षार्थीहरूलाई मास्क वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *