युवा तृणमूल कङ्ग्रेसद्वारा आमबारीमा एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना

राजगञ्ज : आमबारीमा युवा तृणमूल कङ्ग्रेसको तर्फबाट एक दिवसीय सम्प्रीति फुटबल प्रतियोगिताको आयोजना गरियो। राजगञ्ज ब्लक युवा तृणमूल कङ्ग्रेसको सञ्चालनमा आज राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत पर्ने आमबारी चिन्तामोहन उच्च विद्यालय परिसरमा फुटबल प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा राजगञ्ज ब्लकको आठ क्षेत्रका प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। राजगञ्जका विधायक खगेश्वर रायले उक्त सम्प्रीति फुटबल प्रतियोगिताको शुभारम्भ गरे।


यसको साथै आज भाजपा र अन्य पार्टी छोड़ेर 50 जना कार्यकर्ता तथा समर्थकहरू तृणमूलमा सामेल भए। यस सम्बन्धमा विधायक खगेश्वर रायले बताएअनुसार शिक्षक दिवसको अवसरमा राजगञ्ज ब्लक युवा तृणमूलको तर्फबाट सद्भावको सन्देश दिँदै उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। यस खेलको माध्यमद्वारा राज्यभरिमै सद्भावको सन्देश दिन चाहेको तिनले बताए। यस अवसरमा तृणमूलको जलपाईगढी जिल्ला अल्पसंख्यक चेयरम्यान मोशर्रफ हुसेन, जलपाईगढी जिल्ला परिषद्का को-मेन्टर अहिदार रहमान, राजगञ्ज ब्लक युवा अध्यक्ष तुषार दत्त लगायत विभिन्न अञ्चलका प्रधान उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *