युवा तृणमूलद्वारा मृत श्रमिकका परिवारलाई सहयोग

सिलगढी : मृत श्रमिकका परिवारका सदस्यहरूलाई सहयोग गर्न डाबग्राम फुलबारी युवा तृणमूल कांग्रेस अघि आएको छ। गत मंगलबार फुलबारी अन्तर्गत पर्ने इन्डस्ट्रियल इलाकाको नालीको कार्य भइरहेको समय देवल भत्किँएपछि यसको दब्बिएर फुलबारी 1 नम्बर अञ्चल निवासी सुबोध सरकार नामक एकजना श्रमिकको मृत्यु भएको थियो। तिनको मृत्युपछि परिवारका सदस्यहरू आर्थिक सङकटले जुझिरहेका छन्। यसको साथै जीवन उपार्जनलगायत आर्थिक कमजोरीको कारण तिनको छोरीले उच्च माध्यमिक परीक्षाको तयारी गर्न समेत निक्कै असुविधा भइरहेको बताइएको छ। यसैले गर्दा आज डाबग्राम फुलबारी युवा तृणमूल उक्त परिवारको सहयोग गर्न अघि आएका छन्। संगठनका अध्यक्ष गौतम गोस्वामीको नेतृत्वमा संगठनको तर्फबाट पीडित परिवारलाई खाद्य सामग्री, केही राशिलगायत पाठ्य सामग्री प्रदान गरेको बताइएको छ। यसको साथै आउँदो दिनमा पनि युवा तृणमूलले पीडित परिवारको सहयोग गर्ने वाचा गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *