युवा तृणमूलद्वारा विपन्न मानिसहरूलाई खाना वितरण  

सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्यमा जारी आंशिक लकडाउन अवधि धेरैजना मानिसहरू खाद्य संकटसित जुझिरहेका छन्। गत वर्ष लकडाउन अवधि धेरैजना मानिसहरू लगायत स्वयम्‌सेवी संगठनले असहाय मानिसहरूलाई खाद्य सामग्री वितरण गरेका थिए भने यस वर्ष उक्त संगठनहरूले कोरोना संक्रमितहरूलाई एम्बुलेन्स परिसेवा तथा अक्सिजन परिसेवा प्रदान गरिरहेकोले असहाय मानिसहरू खाद्य संकटसित जुझिरहेका छन्। यसैले असहाय मानिसहरूको सहयोगको लागि सिलगढीको 26 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसले बाबुपाडा मोड संलग्न एउटा क्लबको कम्युनिटी किचनको माध्यमद्वारा जनसेवा गरिरहेको छ। 26 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसका बाबाई बसुले बताएअनुसार लकडाउनको शुरूदेखि नै कम्युनिटी किचनको माध्यमद्वारा विपन्न परिवारका मानिसहरूलाई खाना वितरण गरिरहेका छन् भने आगामी दिनमा पनि लगातार जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *