बिजनबारी : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले आज बिजनबारीको रूलर हस्पिटलमा कोभिड 19-को दोस्रो भ्याक्सिन लगाए। यसभन्दा अघि तिनले पहिलो खोप कोभिडशील भ्याक्सिन गत 28 अप्रेल 2021-मा लगाएका थिए। पहिलो डोज लगाएको 85 दिनपछि आज तिनले दोस्रो खोप लगाए। यसपछि तिनले कोरोना महामारीबाट बाँच्नको निम्ति सबैलाई सक्दो चाँडै भ्याक्सिन लगाउने अपील पनि गरे। भ्याक्सिन लगाएर नै कोरोना महामारीबाट बाँच्न सकिने एकमात्र प्रमुख उपाय रहेको तिनले बताए।